इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा' क्याम्पेन

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा' क्याम्पेन

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा, यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ ‘प्यासेन्जर ३६०° क्याम्पेन’ सुरु गरेको छ।

सन् २०२६ को जुनदेखि सुरु भएको यो क्याम्पेन आगामी सेप्टेम्बर महिनासम्म काठमाडौं उपत्यकालाई केन्द्रित गरेर सञ्चालन हुने कम्पनीले जनाएको छ।

पारदर्शी भाडादर, यात्रीको छनोटको अधिकार र सहज सहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो क्याम्पेन सञ्चालन गरिएको हो। 

इनड्राइभले यात्री र चालक दुवैको आपसी सहमतिमा भाडा तय हुने यात्री-केन्द्रित सेवा मोडेल सञ्चालन गर्दै आएको छ।

नेपालमा सेवा विस्तार गरेयता इनड्राइभले यात्रीलाई आफैं भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न तथा आफ्नो आवश्यकता अनुसार चालक छनोट गर्न सक्ने सुविधा दिँदै आएको छ। यसले गर्दा यात्रीहरूले यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालक सम्बन्धी जानकारीका आधारमा थप सुसूचित निर्णय लिन सक्ने कम्पनीको भनाइ छ।

जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने यस प्यासेन्जर ३६०° क्याम्पेन अन्तर्गत डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एपअनुभवतथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

यस क्याम्पेनले बिहान सवेरै काममा निस्कने यात्रीदेखि राति अबेरसम्म आउजाउ गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी तथा सहरमा सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्न चाहने महिलाहरूसम्मको वास्तविक यात्रा अनुभवलाई समेट्नेछ। 

असार २४, २०८३ बुधबार १४:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।