२०० मिटर दौडमा आयुष कुँवरको आफ्नो रेकर्ड सुधारे

२०० मिटर दौडमा आयुष कुँवरको आफ्नो रेकर्ड सुधारे

काठमाडौं : नेपाली धावक आयुष कुँवरले २०० मिटर दौडमा आफ्नो रेकर्ड सुधारेका छन्। लन्डनमा सम्पन्न प्रतियोगितामा उनले आफ्नै रेकर्डलाई थप सुधार्दै २१.६६ सेकेन्डमा दौड पुरा गरेका हुन्।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए। यसअघि आयुषले ६० मिटर दौडमा समेत ७.०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

दक्षिण कोरियामा आयोजित एसियाली एथलेटिक्सका क्रममा ह्यामस्ट्रिङको गम्भीर चोट बेहोरेका आयुषले त्यसको एक वर्षपछि कठिन पुनरागमन गरेका हुन्। 

सन् २०२३ देखि आयुषको खेल यात्रामा हवाई टिकट तथा आवश्यक खेल पोसाक शिवम् सिमेन्टले सहयोग गर्दै आएको छ। 

भदौ ३, २०८३ बुधबार ०९:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।